Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनले दियो अनुमति

अर्थ संसार

सोमबार, २३ असार २०८२, १० : २९ मा प्रकाशित

१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनले दियो अनुमति

हिमालयन बैंक लिमिटेडले एफपीओ ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्कासनको स्वीकृति दिएको हो।

स्वीकृतिपछि बैंकले अब कुल १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने तयारी गरेको छ। यसअनुसार, बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ सार्वजनिक गर्नेछ।

यसअघि बैंकले धितोपत्र बोर्डमा एफपीओ प्रस्ताव गर्दा प्रति कित्ता १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थपेर १६९ रुपैयाँमा निष्कासनको अनुमति मागेको थियो। तर, बोर्डले मूल्य समायोजन गर्दै १२ रुपैयाँ घटाएर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ जारी गर्न स्वीकृति दिएको हो।

हिमालयन बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर एफपीओमार्फत निष्कासन गर्नेछ। यस एफपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको