Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम दिनसम्म विकास हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

सोमबार, २३ असार २०८२, १० : ३७ मा प्रकाशित

अन्तिम दिनसम्म विकास हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबर आवेदन परेको छ। सीडीएसका तथ्यांकअनुसार आइतबार साँझ ५:०७ बजेसम्ममा २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले असार १८ गते बुधबारदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो। यसअघि कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि वितरण गरिसकेको छ।

यस कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको