Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नवीकरण गर्ने समय ९ दिन बाँकी, तपाइले गर्नु भयो त रिन्यु ?

अर्थ संसार

सोमबार, २३ असार २०८२, १२ : १३ मा प्रकाशित

डिम्याट खाता नवीकरण गर्ने समय ९ दिन बाँकी, तपाइले गर्नु भयो त रिन्यु ?

हरेक वर्षको असार मसान्त भित्र डिम्याट खाता नविरण गरिसक्नु पर्छ । असार मसान्तमा डिम्याट खाता नविकरण गरेमा खाता रोक्का हुन्छ । 

निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरिरहेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । खाता रोक्का भएको अवस्थामा सेयर आवेदन भर्न पाइदैन् । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १०० रुपैयाँ शुल्क बुझाएर नवीकरण गर्नुपर्छ । साथै मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।

पछिल्लो समय अनलाइन बाटै डिम्याट र मेरा सेयरको खाता नविकरण गर्न सकिन्छ । अनलाइन प्रणालीबाटै आईपीओ/एफपीओ/हकप्रद सेयर भर्नका लागि मेरोसेयर प्रयोग हन्छ । त्यसैले कारोबारलाई नियमित गर्न डिम्याट खाता र मेरोसेयर एकैपटक नवीकरण गर्न सकिनेछ ।

कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । यस्तो प्याकेज लिएकाहरूले डिम्याट खाता नवीकरण गरिरहनु पर्दैन । हाल कुल डिम्याट खाताको संख्या ६८ लाख ७१ हजार पुगेको सीडीएससीको तथ्यांक छ । तर कतिपय खाता अहिले नवीकरण हुनै छाडेको छ ।

डिम्याट र मेरो सेयर खाता नविरण गर्ने समय अब केही दिन मात्रै बाँकी रहेको छ । अबको ९ दिन भित्र खाता नविरण नगरेमा उक्त खाता रोक्का हुने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको