Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सक संघको आह्वानमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प, बिरामीहरू प्रभावित

अर्थ संसार

सोमबार, २३ असार २०८२, १२ : ५२ मा प्रकाशित

चिकित्सक संघको आह्वानमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प, बिरामीहरू प्रभावित

नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन्। चिकित्सकहरू अदालतले हालै लिएका निर्णयप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कारमा उत्रिएका हुन्।

उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पतालसँग सम्बन्धित चिकित्सकहरूलाई उपचारमा लापरवाही देखिएको ठहर गर्दै बिरामी पक्षलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यस निर्णयपछि चिकित्सा क्षेत्र असन्तुष्ट बनेको छ।

नेपाल चिकित्सक संघले अदालतको फैसलाले चिकित्सकहरूमा मनोवैज्ञानिक दबाब परेको भन्दै विरोध स्वरूप आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। साथै, संघका महासचिव डा. सन्जिव तिवारीमाथि अदालत अवहेलनाको आरोप लागेपछि उच्च अदालत पाटनले उनलाई सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ, जसले आन्दोलनलाई अझ तिव्रता दिएको छ।

स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। आवश्यक उपचारका लागि अस्पताल पुगेका बिरामीहरूले सेवा नपाउँदा समस्या भोग्नुपरेको छ। कतिपयले निजी क्लिनिक वा आकस्मिक कक्षमा भर पर्ने अवस्था आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको