Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिप्रति आवश्यकता भन्दा बढी अपेक्षा गरिएको छ : गभर्नर पौडेल

अर्थ संसार

सोमबार, २३ असार २०८२, ११ : ०९ मा प्रकाशित

मौद्रिक नीतिप्रति आवश्यकता भन्दा बढी अपेक्षा गरिएको छ : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिप्रति गरिएको अपेक्षा वास्तविक आवश्यकता भन्दा बढी भएको टिप्पणी गरेका छन्।

नेपाल व्यवस्थापन संघ (म्यान) ले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विगतमा वित्तीय नीति र मौद्रिक नीति फरक दिशामा अघि बढ्दा अर्थतन्त्रमा तालमेलको अभाव देखिएको बताए। 'नीति निर्माणका यी दुई पाटा अलग–अलग दिशामा हिँड्दा समग्र अर्थतन्त्रमा असमञ्जस्य आउँछ,' उनले भने, 'र त्यसको असर मुख्यतः मौद्रिक नीतिमा मात्र देखिन्छ।'

उनले मौद्रिक नीतिले वित्तीय नीतिको मार्गचित्रलाई पर्याप्तरूपमा पछ्याउन नसक्दा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको स्पष्ट पारे।

गभर्नर पौडेलले नेपालको वित्तीय प्रणालीमा ऋण प्रवाह र स्रोतहरू अत्यधिक केन्द्रीकृत भएको उल्लेख गर्दै यसले सामाजिक तथा आर्थिक असमानता बढाउने खतरा रहेको चेतावनी दिए। 'जब अवसर केही निश्चित वर्ग वा क्षेत्रमै सीमित रहन्छ, दीर्घकालीन अस्थिरता निम्तिन सक्छ' उनले बताए।

उनले सबै वर्ग र क्षेत्रका लागि समान अवसर सुनिश्चित गर्न समावेशी वित्तीय पहुँचको खाँचो रहेकोमा जोड दिए। साथै, बैंकिङ प्रणालीमा ठूलो आकारका ऋणहरूमा बढ्दो निर्भरता र केन्द्रीकरणप्रति पनि चिन्ता व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको