नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको ‘फाइबर टू द होम’ (एफटीटीएच) सेवा ८ घण्टाका लागि बन्द हुने भएको छ । टेलिकमले आवश्यक मर्मतका लागि आज राति ८ घण्टाका लागि उक्त सेवा बन्द रहने जानकारी दिएको हो ।
टेलिकमका अनुसार साउन २५ गते बुधबार राति ११ बजेदेखि भोलिपल्ट साउन २६ गते बिहान ६ बजेसम्म मर्मत कार्य सञ्चालन हुने भएकाले उक्त अवधिमा इन्टरनेट, टेलिफोन र टिभी सेवा अस्थायी रूपमा अवरुद्ध हुनेछन् । टेलिकमका अनुसार एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थान लगायतका क्षेत्रमा सेवा प्रवाह हुने एफटीटीएच नेटवर्कमा नियमित आन्तरिक मर्मत गर्न लागिएको हो ।
निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा सेवा पनि यथाशीघ्र पुनः सञ्चालन गरिने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस