नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो ।
यो सेवा विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क सहज बनाउनका लागि प्रदान गरिएको हो । ग्राहकहरूले डेटा सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सक्नेछन् । यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइसकिएको छ ।
टेलिकमले जनाएको छ कि निःशुल्क डेटा १ एमबीपीएस क्षमताको रहेको छ भने भ्वाइस कल सेवा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस