सरकारले सविना मास्केलाई नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ । अख्तियारले टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएकाले सरकारले माक्सेलाई निमित्तको जिम्मेवारी दिएको हो ।
अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार अभियोगमा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् । यही मुद्दामा उनका श्रीमान् समेत रहेका अमुल प्रधान अहिले निलम्बनमा परेका छन् ।
अख्तियारले संगीता पहाडीसहित सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि विरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुना दायर गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस