नेपाल टेलिकमका ग्राहकहरूले झेल्दै आएको डाटाप्याकेज सकिएपछि थाहै नपाई मोबाइल ब्यालेन्स काटिने समस्याको अब स्थायी समाधान भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो नयाँ व्यवस्थाबारे जानकारी गराएका हुन् ।
यसअघि डाटा प्याक सकिएको पत्तै नपाई मेन ब्यालेन्सबाट पैसा काटिँदा ग्राहकहरूले ठुलो आर्थिक भार खेप्दै आएका थिए। झुक्किएर डाटा अन रहँदा वा प्याकेज सकिएको सूचना ढिलो आउँदा ब्यालेन्स रित्तिने समस्यालाई समाधान गर्न मन्त्रीले दिएको निर्देशनपछि टेलिकमले यो नयाँ संयन्त्र बनाएको हो।
अब ग्राहकले आफ्नो ब्यालेन्स सुरक्षित राख्न आफैँले नियन्त्रण गर्न सक्नेछन्। यो सुविधा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गरी उपलब्ध विकल्पहरूमध्ये चौथो नम्बरको विकल्प छनौट गरेर उक्त सेवालाई सुचारु गर्नुपर्नेछ। यो प्रक्रिया पूरा गरेपछि डाटा प्याकेज सकिनेबित्तिकै इन्टरनेट स्वतः चल्न बन्द हुनेछ र मेन ब्यालेन्सबाट अनावश्यक पैसा काटिने छैन र ग्राहकको मोबाइल मौज्दात सुरक्षित रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस