Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको ‘दसैं–तिहार अफर’: इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १२ : ०३ मा प्रकाशित

टेलिकमको ‘दसैं–तिहार अफर’: इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा

नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका विविध सुविधा छुटसहित प्रयोग गर्न पाउने भएका हुन् । 

कम्पनीले असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गर्ने व्यवस्था गरेको छ । मोबाइल सेवामा समेत आकर्षक प्याकेज ल्याइएको छ । कम्पनीले रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज उपलब्ध गराएको छ । यी प्याकेज प्रयोगकर्ताले दैनिक तोकिएको डेटा सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा निरन्तर अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा दिने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ ।

कम्पनीका अनुसार जीएसएम सेवाका यी अफर असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट १४१५३३ डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको