Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको मनसुन अफर : सजिलो अनलिमिटेडमा ३० प्रतिशत छुट

अर्थ संसार

विहीबार, २६ असार २०८२, १६ : ४३ मा प्रकाशित

नेपाल टेलिकमको मनसुन अफर : सजिलो अनलिमिटेडमा ३० प्रतिशत छुट

नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले असार २६ गतेदेखि लागू हुने गरि मनसुन अफर सार्वजनिक गरेको हो । 

नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै दिनानुदिन बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्तामाझ विस्तार गर्दै जाने क्रममा आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समयसापेक्ष रुपमा प्याकेज तथा अफरहरु प्रदान गर्दै आइरहेको छ । ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले भोलि (२०८२ असार २६) देखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । 

यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरेर वा नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । 
यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको