Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २६ असार २०८२, १० : १४ मा प्रकाशित

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । 

कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको सेयर खरीद गरेका सेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको