Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँट हुन्छ विकास हाइड्रोपावरको आईपीओ ?

अर्थ संसार

विहीबार, २६ असार २०८२, १२ : २६ मा प्रकाशित

कहिले बाँडफाँट हुन्छ विकास हाइड्रोपावरको आईपीओ ?

विकास हाइड्रोपावर कम्पनीको आईपीओ अर्का साता बाँडफाँट हुने भएको छ । कम्पनीले असार १८ गते देखि २२ गतेसम्म आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओ अर्को साता मात्रै बाँडफाँट गर्ने भएको हो । 

उक्त कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ अर्का साता मात्रै बाँडफाँट हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा अन्तिम समयसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ९४ हजार २७६ ले १०/१० कित्ताका दरले सेयर हात पार्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको