Like us!
Follow us!
Connect us!
Watch us!

चार जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

अर्थ संसार

विहीबार, २६ असार २०८२, १२ : ४२ मा प्रकाशित

चार जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

विभिन्न ४ जिल्लामा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलाली, झापा, ललितपुर र सर्लाही जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा म.१ ह. ८५८ नम्बरको अटोको ठक्करबाट पैदल यात्री ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै अटोको ठक्करबाट घाइते भएका अन्य १ जना पैदल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको बाह्रदर्शी गाउँपालिका–१ खैरबारीस्थित सडकमा बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्र–१–०१–०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्कीदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा स्कुटर चालक कचनकवल गाउँपालिका–३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी, स्कुटरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीया उर्मिला राजवंशीको छोरा ३ वर्षीय आयुष राजवंशी र मोटरसाइकल चालक भारत किशनगंज डिगलबैंक बस्ने २५ वर्षीय सुरज टुडु रहेका छन् । उक्त दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उर्मिलाको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका– १ कुपण्डोलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधवार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ स्थित सडकमा ग.७ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने चालक १९ वर्षीय बिष्णुकुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको