Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा २०% सम्म छुट

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, ०८ : ४६ मा प्रकाशित

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा २०% सम्म छुट

 एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ हस्पिटालिटीसँग विशेष सम्झौता गरेको छ। यस सहकार्यअनुसार बैंकका ग्राहकहरूले मुलुकभर रहेका सिद्धार्थ हस्पिटालिटीका २२ वटा होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।

सम्झौता अनुसार, ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवामा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यसका लागि एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

छुट प्राप्त गर्न सकिने आउटलेटहरूमा महेन्द्रनगर, भैरहवा, नेपालगञ्ज, बुटवल, काठमाडौं, ललितपुर, नारायणघाट, सुर्खेत, सौराहा, चिसापानीलगायतका स्थानहरूमा रहेका सिद्धार्थ होटल, रिसोर्ट, क्याफे र रेस्टुरेन्टहरू समावेश छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको