विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ । बाँडफाँडबाट भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ ।
क्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका थिए । कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस