Like us!
Follow us!
Connect us!
Watch us!

अध्यागमन सरुवा मापदण्ड कार्यन्वयन नहुदै चलखेल, पहुँवाल कर्मचारीको दबाब संसोधन गरिदै

अर्थ संसार

आइतबार, २९ असार २०८२, १६ : ४२ मा प्रकाशित

अध्यागमन सरुवा मापदण्ड कार्यन्वयन नहुदै चलखेल, पहुँवाल कर्मचारीको दबाब संसोधन गरिदै

अहिले अध्यागमन कार्यालनका कर्मचारी खटाउने सम्बन्धी मापदण्ड २०८१ कार्यान्वयनमा रहेको छ । पूर्ण रुपमा कार्यान्वयनमा नजाँदै यो मापदण्ड संसोधनको प्रक्रिया अघि बढेको छ । जसले गर्दा दुर्गममा काम गरेका कर्मचारीहरु सुगममा आउनबाट बञ्चित हुने स्रोतको दाबी छ । 

सिंहदरबार वरपरका कर्मचारीहरुको प्रभावका कारण यो मापदण्ड पूर्ण रुपमा कार्यान्वयन नहुँदै संसोधनको तयारी भइरहेको सछ । ‘अहिले अध्यागमन कार्यालयमा कर्मचारी खटाउने सम्बन्धी मापदण्ड–२०८१ कार्यन्वयन भैरहेको थियो । तर यसको यसको पूर्ण कार्यन्वयन नहुदै संशोधन गर्ने प्रक्रिया अगाडि बढेको छ हो। 

मापदण्ड संसोधन भएको खण्डमा गृह मन्त्रालय अन्तर्गत रहि दर्गममा सेवा गरेका कर्मचारीहरु सुगम आउने बाटो बन्द हुने गृह स्रोतको दाबी छ । त्यस्तै दुर्गमका इलाका र जिल्ला प्रशासनमा कर्मचारीको अभाव पनि कायम नै रहने छ । अहिले पनि दुर्गममा कर्मचारीको अभाव कायमै रहेको अवस्था छ । 

मन्त्रालयले नयाँ कर्मचारीहरुको पदस्थापन गर्ने बहानामा सुरुवा सम्बन्धी मापदण्ड नै निश्प्रभावी बनाउने प्रयास भइरहेको स्रोतको दाबी छ । गृहमन्त्री रमेश लेखकले नै गत साता संसदीय समितीमा बोल्दै मापदण्ड बाहिर गएर सरुवा नगरिने बताएका थिए। तर मन्त्रीले भनेको कुरा नै एक हप्ता टिक्न नसक्ने अवस्था बनेको स्रोतको भनाइ छ । 

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीसँग यस विषयमा जिज्ञासा राख्दा मापदण्ड संसोधनका विषयमा आफूलाई जानकारी नभएको बताए । उनले यस विषयमा जानकारी लिन सहसचिव छवि रिजालसँग सम्पर्क गर्न पर्ने बताएका थिए । सहसचिव रिजाललाई पटकपटक सम्पर्क गर्दा पनि फोन रिसिभ भएन । प्रवक्ता तिवारीले भने आवश्यकता अनुसार केही थप्नु पर्ने र हटटाउनु पर्ने भए संसोधन गर्न सकिने जानकारी दिए । उनले आवश्यकता अनुसार संसोधन हुन सक्ने बताए पनि अहिले शक्तिशाली कर्मचारीहरुकै जोड बलका कारण यो मापदण्ड संसोधन हुन लागेको स्रोतको भनाइ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको