Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गर्ने

अर्थ संसार

आइतबार, २९ असार २०८२, १६ : ५३ मा प्रकाशित

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गर्ने

काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८/०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि असार ३२ गतेका लागि बैठक आह्वान गरिएको हो । 

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।  ‘यस सभामा पेस भएको चालु आर्थिक वर्षको ०८१/०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्ने सन्दर्भमा ०८२ साल असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहको सभाहलमा बस्नेगरी नगर सभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक सकिएको घोषणा गर्दछु,’ मेयर शाहले भनेका छन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको