Like us!
Follow us!
Connect us!
Watch us!

भारत–इंग्ल्याण्ड बीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा

अर्थ संसार

सोमबार, ३० असार २०८२, १३ : १४ मा प्रकाशित

भारत–इंग्ल्याण्ड बीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा

भारत–इंग्ल्याण्ड बीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । १९३ रनको सामान्य लक्ष्य पाएको पाहुना टाली भारतले दोस्रो पारीमा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएर ५८ रन मात्रै बनाए पछि यो टेस्ट थप रोमाञ्चक मोडमा पुगेको हो । 

यो अवस्थामा भारतलाई जितका लागि १३५ रन आवश्यक रहेको छ भने उसँग ६ विकेट मात्रै बाँकी रहेको छ । भारतका केएल राहुल ३३ रनमा नटआउट छन् । करुण नायर १४, कप्तान शुभमन गिल ६ तथा आकाश दिप १ रनमा आउट भए । इंग्ल्याण्डले दोस्रो दोस्रो पारीमा १९२ रन मात्र जोडे पछि भारतले उक्त लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका लागि जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए । घरेलु टोलिलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।

तेस्रो टेस्टको पहिलो पारीमा दुबै टोलीले समान ३८७ रनमा अल आउट भएको हो । ५ टेस्टको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको