Like us!
Follow us!
Connect us!
Watch us!

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई नगद रहित सेवा

अर्थ संसार

सोमबार, ३० असार २०८२, १६ : ४६ मा प्रकाशित

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई नगद रहित सेवा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) का क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेडले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

क्लिनिकल अध्यक्ष डा।योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको