ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले वर्तमान परिस्थितिमा सरकारले तय गरेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न नसकिने बताएका छन्।
इप्पानको २३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा विकासका लागि आवश्यक पूर्वाधार, नीति तथा सर्तहरूको अभावमा यो लक्ष्य प्राप्ति कठिन हुने स्पष्ट पारे।
उनले विशेष गरी पावर पर्चेज एग्रिमेन्ट (पिपिए) का सन्दर्भमा कठोर शर्तहरू राखिएको उल्लेख गर्दै, त्यस्ता व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित गरिरहेको बताए। कार्कीले पिपिएमा रहेका अव्यावहारिक शर्तहरूलाई परिमार्जन गर्न सरकारलाई आग्रह गर्दै, निजी क्षेत्रलाई प्रोत्साहन दिने खालका नीतिहरू ल्याउनुपर्ने आवश्यकता औंल्याए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस