हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ बाँडफाँट गरेको हो ।
आइपीओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए। विभिन्न प्राविधिक र प्रमाणिकरण कारणले १ लाख ४४ हजार १६७ जना आवेदकको आवेदन रद्द गरिएको थियो। बाँकी १८ लाख ९५ हजार ३७६ जनाको आवेदनलाई मान्य ठहर गरी गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।
जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र सेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। सेयर प्राप्त गरेकाहरु मध्यबाटै थप ५ जनालाई १।१ कित्ता गरि ११ कित्ता सेयर पारिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
यी तरिकाबाट हेर्नुहोस् नतिजा:
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-result
मेरो सेयरबाट: https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस