हिम स्टार ऊर्जा कम्पनीले दोस्रो चरणको आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा असार २४ गतेदेखि सर्वसाधारणका आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता सेयर निष्कासन गरिसकेको छ। अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता सेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो आइपीओका निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस