Like us!
Follow us!
Connect us!
Watch us!

हिम स्टार ऊर्जाको सेयर आइतबारबाट कारोबार आउने,कति पायो ओपनिङ रेन्ज ?

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १२ : ५८ मा प्रकाशित

हिम स्टार ऊर्जाको सेयर आइतबारबाट कारोबार आउने,कति पायो ओपनिङ रेन्ज ?

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ। कम्पनीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै सेयर कारोबारको बाटो खुलेको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार सुरु हुने प्रावधान छ। तर, भोलि शुक्रबार सेयर बजार बन्द हुने भएकाले कारोबार आइतबारबाट मात्र सुरु हुने भएको हो।

नेप्सेमा हिम स्टार ऊर्जाको कुल ३७ लाख ३० हजार कित्ता सेयर सूचीकृत गरिएको छ। जसमध्ये २६ लाख ११ हजार कित्ता (७०%) संस्थापक समूहको र ११ लाख १९ हजार कित्ता (३०%) सर्वसाधारण समूहको हिस्सा हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्यूनतम ९९.१७ रुपैयाँ र अधिकतम २९७.५१ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यदि आइतबारको स्पेसल प्रिसेसन सेसनमा तोकिएको रेन्जभित्र कारोबार भएमा कम्पनीको सेयर नियमित सत्रमा समेत कारोबारका लागि खुला हुनेछ।

हिम स्टार ऊर्जाले सर्वसाधारणका लागि आइपीओ गत असार २४ गतेदेखि २७ गतेसम्म बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट असार ३२ गते धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयबाट सम्पन्न गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको