प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (साउन १ गते) अन्तिम दिन हो। कम्पनीले भोली अर्थात साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार गरी नाममा सेयर कायम रहेका सेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन्।
कम्पनीले २९औं वार्षिक साधारण सभा साउन २३ गते बिहान ११ बजे काठमाडौं, तीनकुनेस्थित प्रभु कम्प्लेक्समा आयोजना गर्ने जनाएको छ। सो सभा कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार तय भएको हो।
प्रस्तावित लाभांश विवरणअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीमा आधारित रही १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ। वार्षिक सभाबाट सो प्रस्ताव अनुमोदन गरिनेछ।
सभाले अन्य महत्वपूर्ण प्रस्तावहरूपनि पारित गर्नेछ। तीमध्ये:
सञ्चालक समितिबाट पेश हुने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, तथा आर्थिक विवरण पारित गर्ने
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण
बोनस सेयर वितरणबाट कायम हुने नयाँ चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव
२८औं साधारण सभाले पारित ५०.१५ प्रतिशत हकप्रद प्रस्तावलाई संशोधन गरी बोनसपछि कायम हुने पुँजी अनुसार ४७ प्रतिशत बनाउने
संस्थापक र सर्वसाधारण सेयरको अनुपात यथावत राख्दै हकप्रद सेयरमा सम्भावित दशमलव अंकलाई नजिकको पूर्ण अंकमा मिलाउने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी सो कार्यान्वयनको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस