Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बजेट कार्यान्वयनसँगै आजपछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १२ : २९ मा प्रकाशित

नयाँ बजेट कार्यान्वयनसँगै आजपछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

आज भन्दा पछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने भएका छन् । नयाँ बजेट कार्यान्वयनमा आएसँगै कर्मचारीहरुले पेन्सन नपाउने व्यवस्था पनि कार्यान्वयनमा आएको हो । 

यो व्यवस्था आज भन्दा पछि नियुक्त हुने स्थायी सरकारी कर्मचारीहरुका लागि लागू हुने छ । यस अघि नै नियुक्त भइसकेका कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन् । सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरिसकेको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको