Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको 'नागरिक पेन्सन योजना', को-को सहभागी हुन सक्छन ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०७ : ५७ मा प्रकाशित

नागरिक लगानी कोषको 'नागरिक पेन्सन योजना', को-को सहभागी हुन सक्छन ?

नागरिक लगानी कोषले सर्वसाधारण नागरिक तथा वैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुलाई बचत गर्न प्रोत्साहित गरी कुल राष्ट्रिय बचत बृद्धिमा समेत सहयोग पुर्याउने उद्देश्यले 'नागरिक पेन्सन योजना' कार्यक्रम ल्याइएको छ । 

नेपालको समृद्धिको सहयात्री सर्वसाधारण नागरिक तथा वैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुलाई बचत गर्न प्रोत्साहित गरी कुल राष्ट्रिय बचत बृद्धिमा समेत सहयोग पुयाउने, त्यस्तो वचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले ुजवानीमा कमाऔं जमाऔं, बुढेशकालमा रमाऔु भन्ने नारा सहित कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आवद्ध गराई बृहत रुपमा नागरिक पेन्सन योजना संचालन र व्यवस्थापन गर्न यो कार्यक्रम ल्याइएको कोषले जनाएको छ ।

यस पेन्सन योजना अन्र्तगत आय आर्जन गर्ने व्यक्तिहरु, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम् प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्छन । यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक रु.५००।(देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिकर त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तो किस्ता बुझाउँदा मासिक रु.५००।( भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।

२०७७ आश्विन देखि सूरु गरिएको यो योजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेता पनि नेपालका लागि पहिलो कार्यक्रम रहेकोले सर्वसाधारणको आकर्षण व्यापक रहेको छ । यस योजनामा छोटो अवधिमा नै सर्वसाधारण एवं स्वरोजगार व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको छ । साथै यस योजनामा सहभागी हुन अनलाइन रजिस्टर्ड सेवा समेत सुरु भैसकेको छ ।

6233eb14be04d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको