Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड लगानी गर्ने, ब्याजदर प्रस्तावको आह्वान

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ०९ : ५२ मा प्रकाशित

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड लगानी गर्ने, ब्याजदर प्रस्तावको आह्वान

नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले साउन २ गते राति ७ बजेसम्म बैंकहरूलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ। कुल लगानी रकममध्ये वाणिज्य बैंकमा ४५ करोड ६० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ५५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा राखिनेछ।

यो निक्षेप ६ साउन २०८२ देखि ६ साउन २०८३ सम्म, कुल ३६६ दिनको अवधिका लागि हुनेछ। सो रकमका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले साउन ४ गते बिहान १० बजेदेखि दिउँसो १:३० बजेभित्र आवेदन दिनुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको