Like us!
Follow us!
Connect us!
Watch us!

वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ- मन्त्री दाहाल

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ११ : ४४ मा प्रकाशित

वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ- मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक बनाउन सरकारले काम गरिरहेको बताएका छन् । पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै दाहालले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको बताएका हुन् । 

ठाउँ–ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए । ‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौं’ उनले भने, ‘ठाउँ–ठाउँमा ज्येष्ठ नागरिकहरूको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको