Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ४ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, ११ : ०५ मा प्रकाशित

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ४ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलेको छ । केही दिनदेखि अबरुद्ध यो सडक एक तर्फी रुपमा खुलेको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म ४ वटा राजमार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु र अरनिको राजमार्गको विभिन्न ठाउँमा पूर्णरूपमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

यता गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोक मार्ग भने एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।


 

68d0de0f7f010.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको