Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको आम्दानी भन्दा खर्च बढी, १२ खर्ब आम्दानी हुँदा १५ खर्ब खर्च

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, १७ : ४९ मा प्रकाशित

सरकारको आम्दानी भन्दा खर्च बढी, १२ खर्ब आम्दानी हुँदा १५ खर्ब खर्च

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी भन्दा खर्च बढी भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सरकारको खर्च र आम्दानी दुवै कमजोर देखिएको हो ।

यो अवधिमा सरकारले कुल १२ खर्ब भन्दा माथिको आम्दानी गर्दा १५ खर्ब भन्दा बढी खर्च गरेको छ । 

महालेखाको तथ्यांक अनुसार सरकारले गत आर्थिक वर्षमा १२ खर्ब १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो अवधिमा सरकारले १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा सिमित रहेको छ । यसरी सरकारको आम्दानी र खर्चको अवस्था तुलना गर्दा आम्दानी भन्दा ३ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ बढी खर्च भएको छ ।

सरकारले गत आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । असार समान्तसम्ममा  १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ८१.८७ प्रतिशत बराबर हो । 
चालु शीर्षकमा गत आवका लागि ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब २८ करोड २१ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा ६३.२ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ६८ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । 

वित्तीय व्यवस्थापन शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा ८७.१४ प्रतिशत अर्थात् ३ खर्ब २० अर्ब ४ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
त्यस्तै सरकारको आम्दानी पनि लक्ष्यभन्दा निकै कम छ । गत आवका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त लक्ष्यमा पुग्न सरकार असफल देखियो । सरकारले गत आर्थिक वर्षमा लक्ष्यको ८२.८८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको