नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ।
आज एक अमेरिकी डलरको खरीददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापानी येनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ, एक यूएई दिरामको खरीददर ३७.४५ रुपैयाँ र बिक्रीदर ३७.६१ रुपैयाँ तोकिएको छ।
यस्तै, एक मलेसियन रिंगिटको खरीददर ३२.४२ रुपैयाँ र बिक्रीदर ३२.५६ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ, र एक कुवेती दिनारको खरीददर ४५०.१५ रुपैयाँ तथा बिक्रीदर ४५२.१२ रुपैयाँ निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा ,स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस