Like us!
Follow us!
Connect us!
Watch us!

सिमित सेयर र जग्गा कारोबारीका लागि अनुकूल मौद्रिक नीति, बाँकीका लागि निराशा:दुर्गा प्रसाईं

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, ०९ : ३१ मा प्रकाशित

सिमित सेयर र जग्गा कारोबारीका लागि अनुकूल मौद्रिक नीति, बाँकीका लागि निराशा:दुर्गा प्रसाईं

कारागारमा रहेका व्यवसायी दुर्गा प्रसाईंले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको कडा आलोचना गरेका छन् । सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले मौद्रिक नीतिलाई “कागलाई बेल” भएको टिप्पणी गर्दै यो नीति सर्वसाधारण, गरिब र उत्पीडित वर्गको हितमा नभएको दाबी गरेका छन् ।

उनका अनुसार यो नीति सर्वहारा वर्ग, भुईं मान्छे, गरिबीको रेखामुनी रहेका नागरिक, साना व्यवसायी र घरेलु उद्योगधन्दामा आश्रित नेपालीहरूलाई सम्बोधन गर्न असफल भएको छ । उनको भनाइमा, नीति केही सीमित दलाल सेयर कारोबारी, जग्गा दलाल र तस्कर वर्गलाई मात्र लाभ पुग्ने गरी तयार गरिएको देखिन्छ ।

प्रसाईंले लघुवित्त र सहकारीबाट ऋण लिएर कालोसूचीमा परेका तथा बैंकबाट लिलाममा परिसकेका वा पर्नै लागेका नेपालीहरूको अवस्था अझ भयावह हुने चेतावनी दिएका छन् । "देशमा व्याप्त भ्रष्टाचार र राजनीतिक बेथितिका कारण नेपाली युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्," उनले उल्लेख गरेका छन्, "तर मौद्रिक नीतिले यो यथार्थलाई समेत सम्बोधन गर्न सकेन ।"

उनले अर्थतन्त्रमा सुधार ल्याउन बैंक र सहकारीहरूले गरिब जनतालाई कालोसूचीमा राख्ने तथा लिलामी प्रक्रियाबाट उन्मुक्ति दिनुपर्ने माग गरेका छन् । साथै, देशमै रोजगारी सिर्जना गरेर युवापुस्ताको पलायन रोक्न आवश्यक रहेको पनि उनको भनाइ छ ।

आफू कारागारको कालो कोठरीमा रहँदा पनि ‘नेपालीले भरिएको, नेपालीले उद्यम गरेर रमाएको, कमाएको नेपाल’ को सपना देखिरहेको उल्लेख गर्दै उनले आशा व्यक्त गरेका छन्, “धैर्य गर्नुहोस्, सूर्यमा पनि ग्रहण लाग्दछ तर केही समयका लागि मात्र। सत्यको जित पक्का छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको