ह्वाइट लोटस पावर लिमिटेडले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले हुन आउने जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निकाल्न अनुमति माग्दै साउन ३१ गते बोर्डमा निवेदन दिएको हो । अनुमति पाएमा कम्पनीले आईपीओबाट १२ करोड १९ लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले गर्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस