अर्थ संसार, काठमाडौं– भैरवकुण्ड हाइड्रो पावर प्रा.लि.ले फागनु ९ गते कम्पनीको आफ्नै कार्यालय कमलपोखरीमा विहान ११ बजे साधारणसभा बोलाएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने प्रस्तावसहित १५ औं वार्षिक साधारणसभा बोलाएको हो ।
साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि कम्पनी सञ्चालक समितिले आईपीओ निष्काशनको प्रकृया अगाडि बढाउनेछ ।
६५ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको भैरवकुण्डले चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत सेयर जारी गर्ने तयारी गरेको हो ।
। सभाले आर्थिक वर्ष २०७३\७४ को नाफा नोक्सान सहित वार्षिक प्रतिवदन पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गर्ने प्रस्तावमाथि पनि छलफल गरि निर्णय गर्नेछ ।
२०६६ जेठ २५ मा गते भैरवकुण्ड हाईड्रोपावर प्रा.लि र २०७३ असार १२ गतेबाट पब्लिक लिमिटेड कम्पनी को रुपमा दर्ता भएको यस कम्पनीले वि.सं. २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–.४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा निर्माण कार्य सुरुवात गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस