Like us!
Follow us!
Connect us!
Watch us!

२८ औं वर्षमा एनआईसी एशिया बैंक

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, ११ : ५८ मा प्रकाशित

२८ औं वर्षमा एनआईसी एशिया बैंक

'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारालाई आत्मसात् गर्दै एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गर्न सफल भएको छ।

२८ वर्षअघिको आजकै दिनबाट सुरु भएको यो बैंकको यात्रा अहिले ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत लाखौं ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

'डिजिटल फष्ट बैंक' बन्ने लक्ष्यसहित बैंकले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै देशभर वित्तीय पहुँच विस्तारलाई तीव्रता दिएको छ। मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सबै सरोकारवालाप्रति कृतज्ञता प्रकट गर्दै, आगामी दिनमा झनै उत्कृष्ट, नवीन र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

'हामी सबैको पहिलो रोजाइको बैंक बन्ने अठोटमा प्रतिबद्ध छौं,' बैंकले उल्लेख गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको