Like us!
Follow us!
Connect us!
Watch us!

इन्डोनेसियामा पानी जहाजमा आगलागि हुँदा ३ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १३ : ३० मा प्रकाशित

इन्डोनेसियामा पानी जहाजमा आगलागि हुँदा ३ जनाको मृत्यु

इन्डोनेसियामा पानी जहाजमा आगलागि हुँदा ३ जनाको मृत्यु भएको छ । यात्रुहरूलाई लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाको एक पानी जहाजमा आगो लागेको थियो । उक्त आगलागिबाट ३ जनाको मृत्यु भएको र ५६८ जना यात्रुको उद्धार गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् । 

आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यसक्रममा केही यात्रु ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए । आइतबार दिउँसो मानाडोतर्फ जाँदै गरेको केएम बार्सिलोना ५ जहाजमा आगो लागेको मानाडो नौसेना बेसका प्रमुख फस्र्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले बताए ।

जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोङ्गुआन बन्दरगाहभन्दा अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो । जहाजमा २८० यात्रु र १५ चालक दलका सदस्यहरू मात्रै रहेको भनिएको थियो । तर उद्धारकर्ताहरूले ५६८ जनालाई उद्धार गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको