Like us!
Follow us!
Connect us!
Watch us!

गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाहको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १३ : ५८ मा प्रकाशित

गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाहको अवस्था कस्तो ?

गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन करिब ७३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ७३ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । 

निक्षेप संकलन उच्च भए पनि कर्जा लगानीको वृद्धि तुलनात्मक रूपमा न्यून देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल ५६ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ६५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

कर्जा लगानीको पनि अधिकांश हिस्सा वाणिज्य बैंकहरुको नै रहेको छ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको अवधिमा ५६ खर्ब मध्ये ४९ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने ६ खर्ब २८ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । जसले गर्दा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रसोचन गरिरहेको छ । आइतबार मात्रै केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ प्रशोचन गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको अन्तिम दिनसम्ममा सिडि रेसियो पनि ७५.७८ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको