Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, ०९ : ५८ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच यस बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले शल्यक्रिया प्रक्रियाहरूमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेशन र अप्टिकलरलेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको