लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ पछि ब्रोकर कम्पनीका सञ्चालक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको पाइएको छ । असार ५ गते नै ब्रोकर कम्पनीका सञ्चालकहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको भए पनि उनीहरु अहिले फरार रहेका छन् ।
अदालतले सिप्रवी सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर २२) का सञ्चाकल विरुद्ध पक्राउ पुर्जी जारी गरेको पाइएको हो । जिल्ला अदालत काठमाडौंले सिप्रवीका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यीनीहरु विरुद्ध अदालतले असार ५ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । यो ब्रोकर कम्पनी र अग्रवाल बीच रकम लेन देनको कुरा नमिलेको बताइएको छ । अग्रवालले आफूलाई ब्रोकर कम्पनीले रकम दिन बाँकी रहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
अग्रवालले दिएको उजुरीका आधारमा ब्रोकर कम्पनीका सञ्चालक विरुद्ध असार ५ गते नै पक्राउ पुर्जी जारी भएको पाइएको छ । अग्रवाललाई भने प्रहरीले सोमबार पक्राउ गरेको थियो । उनलाई आपराधिक लाभ र ठगीको कसुरमा पक्राउ गरेर ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समेत काठमाडौं जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
अदालतले पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले ललिपुर प्रहरीलाई पक्राउ गरि उपस्थित गराइदिन समेत पत्र पठाएको देखिन्छ । जिल्ला अदालतले असार ५ गते नै पक्राउ पुर्जी जारी गरेको र असार ९ गते काठमाडौं प्रहरीले ललिपतुर प्रहरीलाई पत्र पठाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस