Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जीको आईपीओमा कहिलेदेखि दिन पाइन्छ आवेदन ?

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १० : ५२ मा प्रकाशित

झापा इनर्जीको आईपीओमा कहिलेदेखि दिन पाइन्छ आवेदन ?

झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

इनर्जीले असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासनको मिति तोकेको हो । कम्पनीले आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्ने छ । 

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये १ लाख ९० हजार ९५ कित्ताका लागि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकका स्थानीयका लागि खुला हुने छ । यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्बिनेछ । यता वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म लम्बिनेछ ।

आयोजना प्रभावितले हिमालयन बैंकको दमक–१, दमक–२, सुरुंगा शाखा कार्यालय, माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखा कार्यालय र कम्पनीको आयोजना स्थानबाट भौतिक रूपमा दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको