नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको शिव श्री हाइड्रोपावर लिमिटेडले बुक क्लोजको मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि साउन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
योसँगै साउन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै यसको हकप्रदमा आवेदन दिने सक्ने भएका छन् । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ बराबर १ कित्ता सेयरको अनुपातमा जम्मा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद निकाल्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस