Like us!
Follow us!
Connect us!
Watch us!

दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन परे ?

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १६ : १५ मा प्रकाशित

दुई  वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन परे ?

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा नियामक निर्देशिका उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो।

सिटिजन्स बैंक

राष्ट्र बैंकले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ। बैंकले केन्द्रीय बैंकको निर्देशन विपरीत सीईओको सुविधा वृद्धि गरेको, ब्याजदर अन्तर गलत तरिकाबाट गणना गरेको, नयाँ कर्जा प्रवाह गरेर पुराना कर्जा तथा ब्याज तिरेको, र ग्यारेन्टीको भुक्तानी समयमा नगरेको पाइएको हो।

त्यस्तै, ‘फास्ट ट्र्याक लोन’ अन्तर्गत कर्जा उपयोग सम्बन्धी निर्देशनलाई बेवास्ता गरी आन्तरिक लेखा परीक्षण नगरिएको भन्दै सञ्चालक समितिलाई पनि चेतावनी दिइएको छ। बैंकले चालु पुँजी सम्बन्धी मार्गदर्शनको पालना नगरेको, कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र गलत कर्जा रिपोर्टिङ गरेको भन्दै सीईओलाई सचेत गराइएको हो।

एनआईसी एशिया 

राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ। बैंकले ऋणीसँग सम्झौता गर्दा कर्जाको प्रकार, ब्याजदर (स्थिर या परिवर्तनशील), किस्ता विवरणजस्ता महत्त्वपूर्ण कुरा स्पष्ट रूपमा उल्लेख नगरेको पाइएको छ। साथै ब्याजदरमा परिवर्तन हुँदा ऋणीलाई जानकारी नदिएको पनि राष्ट्र बैंकले औंल्याएको छ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सीईओ र सञ्चालकहरूलाई

पनि राष्ट्र बैंकले सचेत गराएको छ। कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थामा त्रुटि भेटिएको, बक्यौता ब्याज असुल गर्न नयाँ कर्जा दिई कर्जा नियमितजस्तो देखाउने प्रयास गरेको पाइएको हो। त्यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार रिक्त सञ्चालक पदमा समयमै नियुक्ति नगरेको र साधारणसभामा निर्वाचन नगरी पछि सञ्चालक नियुक्त गरेको भन्दै समिति अध्यक्ष र सदस्यलाई पनि चेतावनी दिइएको छ।

पोखरा फाइनान्सलाई 

पोखरा फाइनान्सले भने न्यूनतम अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले उसमाथि आर्थिक जरिवाना लगाएको छ। २७ माघदेखि २३ चैत २०८१ सम्म अनिवार्य मौज्दात कायम नगरेको भन्दै संस्थामाथि ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको