खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेस विशेषगरी बारा र पर्सामा देखिएको खानेपानी समस्याको समाधानका लागि मातहत निकायलाई आवश्यक जनशक्ति खटाउन निर्देशन दिएका छन्।
सिंहदरबारमा बिहीबार बसेको उच्च व्यवस्थापन टिम (SMT) को बैठकमा मन्त्री यादवले संकटग्रस्त आठ जिल्लामा सम्पूर्ण जनशक्ति परिचालन गर्नुपर्ने बताए।
साथै, जलवायु परिवर्तनका कारण उत्पन्न संकट समाधानका लागि अन्तरराष्ट्रिय संघसंस्था, छिमेकी मुलुक र दातृ निकायसँग सहयोगको पहल गर्नसमेत निर्देशन दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस