Like us!
Follow us!
Connect us!
Watch us!

फेदीखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १० : ३८ मा प्रकाशित

फेदीखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएको हो । 

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । उक्त सभा काडमाडौंको  बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २ बजेदेखि सुरु हुने छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि तथा पुँजीको संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने,कम्पनीको आईपीओ सर्वसाधारणमा जारी गर्ने र सो को अख्तियारी दिने जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने र उक्त अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा वासलात पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको