Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने, ग्लोबल बोलपत्र आह्वान

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, ११ : ५१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने, ग्लोबल बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया अघि बढाएको छ। बैंकले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नोट छपाइका लागि बोलपत्र पेश गर्न आह्वान गरेको हो।

राष्ट्र बैंकले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छाप्ने योजना बनाएको छ। इच्छुक कम्पनीहरूले आगामी भदौ २२ गते (सेप्टेम्बर ७) भित्र आफ्नो प्रस्ताव राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बुझाउनुपर्नेछ। बोलपत्र पेस गर्न चाहने कम्पनीले न्यूनतम २० हजार रुपैयाँ, वा त्यसको समकक्ष १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड बराबरको धरौटी राख्नुपर्नेछ।

छनौटमा परेका कम्पनीहरूले नोटको डिजाइन तयार गर्ने, छपाइ गर्ने र तोकिएको म्यादभित्र आपूर्ति गर्ने जिम्मेवारी पाउनेछन्। राष्ट्र बैंकले गुणस्तरीय छपाइ, सुरक्षात्मक विशेषता र समयपालनालाई प्राथमिकता दिँदै प्रक्रिया अघि बढाएको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको