नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको अवस्था कायमै रहँदा आज २८ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो ।
पछिल्ला दिनहरुमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर निरन्तर रुपमा रकम प्रशोचन गर्दै आएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
उक्त रकमको साँवा र ब्याज असोज ८ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस