Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको राइट सेयरमा आवेदन दिने समय थप

अर्थ संसार

आइतबार, ११ साउन २०८२, ११ : ०२ मा प्रकाशित

पिपुल्स पावरको राइट सेयरमा आवेदन दिने समय थप

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयरमा ओदन दिने समय थप भएको छ । कम्पनीले असार २२ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको हो । 

समय थप गरिएसँगै यो कम्पनीको हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको