अर्थ संसार, काठमाडौं– बैंकहरु माझ छुट्टै स्थान बनाउन सफल ज्याति विकास बैंक लिमिटेड हिजोआज शाखा विस्तारमा आक्रमक बनेको छ ।
यसै क्रममा बैंकले पेप्सीकोलामा आफ्ना शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल तथा बैंकका अदक्ष्य हरी चन्द्र खड्काले केही अघिमात्र एक कार्यक्रमविच बैंकको शाखा कार्यालय उद्घाटन गर्नुभएको थियो । यस बैंकको निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापितगर्न सफलभएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस