नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मानमा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा ‘नेशनल लाइफ गाला कन्सर्ट’ आयोजना गरेको छ। जेठ महिनामा लागू गरिएको मासिक योजनाअन्तर्गत लक्षित कारोबार हासिल गरेका अभिकर्ताहरूलाई प्रेरित गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, शाखा प्रमुख तथा आमन्त्रित अभिकर्ता गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा अभिकर्ताहरूलाई मानसिक सन्तुलन र कार्यक्षमता वृद्धिमा सहयोग पुग्ने उद्देश्यले ‘स्ट्रेस म्यानेजमेन्ट’ विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। उक्त सत्रमा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापनका विविध आयामबारे जानकारी दिएका थिए।
प्रशिक्षणपछि गाला कन्सर्टमा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो, जसमा स्ट्यान्डअप कमेडियन सुमन कोईरालाको हास्य प्रस्तुति तथा कलाकार प्रकाश सपुत, समिक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको सांगीतिक प्रस्तुति प्रमुख आकर्षण बने।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले गत वर्ष सफलतापूर्वक सम्पन्न गाला कन्सर्टलाई निरन्तरता दिँदै यस वर्ष पनि देशभरका अभिकर्ताहरूको उत्साहजनक सहभागिताले कार्यक्रम अझ भव्य र प्रभावकारी बनेको बताए। उनले आगामी दिनमा पनि यस्ता प्रेरणादायक तथा सम्मानजनक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस